सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

काठमाडौँ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका हुन् ।
शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
पार्टीभित्र तानाशाही व्यवस्था लादिएको र चाप्लुसी गर्नेहरुलाई प्रश्रय दिइएकाले नेकपाभित्र बस्नुको औचित्य नरहेको भन्दै उनले परित्याग गरेका थिए । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअघि उनी एमाले प्रवेश गरेका थिए ।
शुक्लासँगै पत्नी पल्लवी शुक्ला पनि एमालेमा प्रवेश गरी रुपन्देही क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । तर, उनी पराजित भएकी थिइन् ।
















नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्यः सञ्चारमन्त्री डा तिमिल्सिना
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया