चीनमा अविवाहित जोडीको गर्भ रोक्ने तयारी

काठमाडौँ । चीनको परिवार नियोज संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ । अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो ।
चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संंघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाझोपन हुने संघले बताउँदै आएको छ ।
पछिल्लो कदम निश्चित समूहहरुको प्रजनन स्वास्थ्य सुधारतर्फ पनि लक्षित छ । यस योजनालाई जनवरीको मध्यतिर सार्वजनिक गरिएको थियो । योजनालाई लिएर चीनको सामाजिक सञ्जाल विबोमा बहस र विरोध बढेको थियो ।
नरम उपाय मानिएको प्रजनन स्वास्थ्य शिक्षाबाट पनि अनिच्छुक गर्भ र गर्भपतन न्यून गर्न सकिने केही विज्ञको भनाई छ । ग्लोबल टाइम्सका अनुसार चीनमा अनिर्णित गर्भपतनमा २० वर्षभन्दा कम उमेरका व्यक्ति बढी जिम्मेवार छन् । सरकारले ल्याएको पछिल्लो योजनामा चिनियाँ परिवारहरुलाई एक भन्दाबढी सन्तान जन्माउन आह्वान गरिएको छ ।
चीन सरकारले दम्पत्तिलाई गत वर्षदेखि तीन सन्तानसम्म जन्माउन अनुमति दिएको थियो । जन्म दरमा कमी र बढ्दो बृद्ध जनसंख्याका कारण सरकारले दम्पत्तिलाई सन्तान जन्माउन उत्प्रेरणा दिँदै आएको छ ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
प्रतिक्रिया