कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक आज दोस्रो दिन पनि केही वेर अगाडीबाट सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।
हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ ।
पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।
पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने नत्र भोलीसम्म चल्ने उनले बताए ।
कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० का विषयमा छलफल गरेको थियो । सरकारले आफनो तर्फबाट एमसीसी सम्झौता अनुमोदनका लागि स.सदमा लैजानुपर्ने निश्कर्ष कांग्र्रेसले हिजोको बैठकबाट निकालेको थियो ।
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया