फागुन १ देखि सर्वाेच्च परिसरमै फेरि बारले आन्दोलन चर्काउने

काठमाडौं । प्रधानन्यायाधीस चालेन्द्र शम्शेर जवराको राजीनामा माग गदै आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले पुनः भौतिक उपस्थितीमै आन्दोलन गर्ने भएको छ । कोरोनाका कारण हाल भर्चुअल रुपमा हुँदै आएको आन्दोलन आगामी फागुन १ देखि भने भौतिकरुपमै फेरि सुरु गर्न लागिएको बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले जनाएका छन् ।
पौडेलले शुक्रबार वक्तब्य जारी गदै त्यस्तो जानकारी गराएका हुन् ।
बार न्यायपालिकाको सुद्धिकरण र सुदृढीकरणका लागि १०५ दिन अघिदेखि न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन तथा प्रधान न्यायाधीश जबराको राजीनामा माग गरि आन्दोलित हुँदै आएको छ ।
‘सर्वोच्च प्राङ्गणमा निरन्तर चलिरहेको विरोध कार्यक्रम कोभिड-१९ को संक्रमण तथा अदालतमा समेत सेवा संकुचन गरिएको र नेपाल सरकारबाट जारी विभिन्न मापदण्ड, निर्देशन समेतका कारण भर्चुयल माध्यमबाट सञ्चालन हुँदै आएकोमा हाल संक्रमणको अवस्था सामान्य हुँदै गएको र नेपाल सरकारले पनि पूर्व मापदण्ड, निर्देशन समेत संशोधन गरेको कारण यहि २०७८ फागुन १ गतेदेखि बिहान ११ः०० बजेदेखि १२ः०० बजेसम्म सर्वोच्च अदालत केन्द्रित हाम्रो आन्दोलन कार्यक्रम भौतिक रुपमा नै निरन्तर जारी रहने व्यहोरा जानकारी गराउँदै उपत्यकामा रहनु हुने सम्पूर्ण कानून व्यवसायीज्यूहरुको सक्रिय सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं’, बार महासचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हेर्नुहोस विज्ञेप्तीको पूर्ण पाठ














हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया