केन्द्रीय युथ फोर्स विभागद्दारा आयल निगम घेराउ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय युथ फोर्स विभागले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम घेराउ गरेको छ । शुक्रबार दिउँसो विरोध प्रदर्शनसहित संघले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
प्रदर्शनमा संघका केन्द्रीय अध्यक्ष किरण पौडेल र युथ फोर्स विभाग प्रमुख पुष्पराज श्रेष्ठले सम्बोधन गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वले सरकारले आयल निगमको घाटा घटाउने नीति लिएको जिकिर गर्दै दुबै नेताले शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त कामलाई गति दिन नसकेको गुनासो गरेका हुन् ।
‘जनताको चुलोमा आगो बल्ने अवस्था छैन, निगमले किनेको मूल्य भन्दा दोब्बर मूल्यमा नेपाली जनतालाई पेट्रोलियम पदार्थ बेच्दा पनि घाटा भयो भन्ने झन मूल्यवृद्धि गर्ने नियमको यो नीतिप्रति युवा संघ पूर्णत असहमत भएका कारण आन्दोलनमा उत्रनु परेको हो’, युवा संघका केन्द्रीय सदस्य एवं स्वास्थय विभाग प्रमुख निरोज पौडलले भने ।
उनका अनुसार आयल निगमले मूल्यवृद्धि नघटाएसम्म यो आन्दोलन जारी रहनेछ । ‘सधै घाटा देखाउने तर खरिद मूल्य भन्दा दोब्बर मूल्य निर्धारण गर्ने सरकारी नीति गलत भयो यसलाई सच्याउनु पर्ने युवा संघको माग छ’, स्वास्थ्य विभाग प्रमुख पौडेलले भने ।
त्यस्तै संघका नेताहरूले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन् । विगत केही समयदेखि नेपाल आयल नियमले नेपाली जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिरहेकोमा राष्ट्रिय यु्वा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले यातायात, ढुवानी लगायत दैनिक उपभोग्य बस्तुहरुको मूल्यवृद्धि भई समग्र जिविकोपार्जन र जनजीवन नै प्रभावित हुँदै आइरहेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार रहँदासम्म कुनै नोक्सानी नबेहोरेको निगमको पछिल्लो समय करिब २५ अर्ब नोक्सानी देखिएको छ र निगमको घाटाको पूर्ति गर्ने बाहानामा बारम्बार भइरहने मूल्यवृद्धिको शिकार आम जनता नै बनिरहनुपर्ने स्थिति छ । यसर्थ राष्ट्रिय युवा संघ नेपाल, आयल निगम समक्ष मूल्यवृद्धि फिर्ता गर्न माग गर्दछ’, सो ज्ञापन पत्रमा भनिएको छ ।
















प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया