एमसिसीमा अमेरिकाले चासो राख्नु स्वभाविक, दबाब दिएको भन्न मिल्दैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसिसी संसदबाट पारित गर्न अमेरिकी अधिकारीहरूले राखेको चासोलाई दबाब भन्न नमिल्ने बताएको छ। विहिवार अमेरिकी विदेश साहायक मन्त्री डोनाल्ड लुले नेपालका प्रमुख तीन दल कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्दका अध्यक्ष प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित नभए राम्रो नहुने र चीनका कारण पारित नभएको अर्थमा बुझने सम्मको चेतावनी दिएको थियो ।
त्यसपछि यो विषयमा अमेरिकाले दवाव दिएको भन्दै आलोचना हुन थालेपछि कांग्रेसले यसलाई दवावका रुपमा वुझनु नहुने बताएको हो ।
कांग्रेस प्रवक्ता डा प्रकशशरण महतले यसलाई स्वभाविक चासोका रुपमा लिनुपर्ने बताएको हो ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेको र त्यो स्वभाविक भएको बताए।
‘एमसिसीबाट हामीले प्राथमिकतामा राखेका पूर्वाधारमा सहयोग आउन लागेको हो। यसमा नेपालका सबै दलको सहभागिता छ। तपाईंहरूले नै छानेको परियोजना, तपाईंले नै पास गर्छौं भनी गरेको प्रतिवद्धता हो तर किन यसमा समस्या भइरहेको छ भनी उहाँहरूले सोध्नु स्वभाविक हो,’ प्रवक्ता महतले भने,‘यसलाई दबाब भन्न मिल्दैन। उहाँहरूले चासो राख्नु भएको हो।’
एमसिसी संसदबाट पारित गर्न कांग्रेसमा एकमत भएकाले अरू दलसँग छलफल गरेर प्रक्रिया अघि बढाउने महतले बताए।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अब अर्को बैठक फागुन १ गते बस्नेछ। उक्त बैठकबाट पेस भएका विभिन्न प्रस्तावमा निर्णय हुने महतले जानकारी दिए।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया