शनिबार, माघ ३, २०८२

झापाको चाउचाउ उद्योगमा आगलागी, क्षतिको विवरण आउन बाँकी

मेरोन्यूज २०७८ माघ २९ गते ७:२१

काठमाडौँ । झापाको मेचीनगर १४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । चाउचाउ उद्योगमा बिहान साढे ४ बजेबाट आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापा र मोरङका ९ वटा दमकले आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहर कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

बाँकी दुईवटा दमकल आइरहेको उनले बताए । आगो निभाउने प्रयास भइरहेकाले क्षतिको विवरण, आगलागीको कारण खुल्न नसकेको उनले बताए ।

प्रतिक्रिया