गण्डकीमा गाडी भाडा बढ्यो, फागुन १ देखि लागू हुँदै

काठमाडौँ । गण्डकी सरकारले प्रदेशभित्र चल्ने सवारी साधनको छुट्टै गाडी भाडा तोकेको छ । सिफारिस समितिको सिफारिसमा सरकारले २ साताअघि भाडा बढाउने निर्णय मन्त्री परिषदबाट गरिसकेको छ ।
तर, राजपत्रमा भने बिहीबार बल्ल प्रकाशित गरिएको छ । फागुन १ गतेदेखि लागू हुने गरी राजपत्र प्रकाशन गरिए पनि यहाँ यसअघि नै भाडा बढिसकेको छ ।
कानुन मन्त्रालयले राजपत्र प्रकाशन गर्दै फागुन १ गतेदेखि नयाँ भाडादर लागू हुने जनाएको हो । भाडा बढाउनका लागि सरकारले सिफारिस समिति नै गठन गरेको थियो । गाडीको प्रकृति अनुसार भाडादर फरक छ ।
एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर प्रतिव्यक्ति ३.१० रुपैयाँ निर्धारण गरिएको छ । जिपमा प्रतिकिलोमिटर साढे पाँच रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११.७२ रुपैयाँ लाग्ने छ ।
सिटी बसमा चढ्दा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे दुई रुपैयाँ भाडा दर तोकिएको छ । २० किलोमिटरभन्दा बढी सवार गरेमा भने प्रतिकिलोमिटर साढे दुई रुपैयाँको हिसाब हुनेछ ।
ट्याक्सीमा चढ्दा फ्ल्यास डाउनमा ८० रुपैयाँ तिरेर दुई सय मिटरभित्र चल्दा थप शुल्क लाग्दैन । दुई सय मिटर कटेपछि प्रति पल्स (प्रत्येक दुई सय मिटर)मा थप १० रुपैयाँ थपिन्छ । १५ किलोमिटर कटेपछि प्रतिकिलोमिटर ३७.५ रुपैयाँ भाडा तिर्नुपर्छ । संघ सरकारले २८ प्रतिशत भाडा बढाएपछि आफ्नो अधिकार क्षेत्रभित्र प्रदेशले भाडा समायोजन गरेको हो ।













ट्रम्पको धम्कीविरुद्ध ग्रिनल्यान्डमा विशाल प्रदर्शन
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया