सत्ता साझेदारी दलका शीर्ष नेताबीच छलफल हुँदै
मेरोन्यूज
२०७८ माघ २९ गते ११:२९

काठमाडौँ । सत्ता साझेदारी दलका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार छलफल राखिएको हो ।
छलफलमा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल हुन लागेको हो ।
बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनिय च्यालेञ्ज कर्पोरेशन (एमसीसी), स्थानीय चुनवालगायतका विषयमा छलफल हुने बताइएको छ । अमेरिकाले फेब्रुअरी अन्तिमभित्र एमसीसी पारित गर्न दबाब दिइरहेको छ । यसैबीच सत्तारुढ गठबन्धनमा मतभेद देखिएको छ ।
कांग्रेस एमसीसी पारित गर्ने पक्षमा रहेको छ भने माओवादी र एकीकृत समाजवादी संशोधनसहित पारित गर्नु पर्ने अडानमा रहेको छ । सरकारले अब बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ ।
सम्बन्धित















विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया