हँसिया प्रहार गरी श्रीमतीको हत्या
काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका ४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका ६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।
शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ । प्रहरीले आरोपित श्रीमानसहित घटना स्थलबाट खुर्पा (हँसिया) नियन्त्रणमा लिएको छ ।
यसअघि पटक–पटक उनीहरूबीच झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात फर्किने गरेका थिए । शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले मदिरा सेवन गरेको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए ।
मृतकका एक छोरा र एक छोरी छन् । तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन् । शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र आज उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ ।
















आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया