नेपाललाई युएईले दियो १९३ रनको लक्ष्य
मेरोन्यूज
२०७८ माघ २९ गते १३:५०

काठमाडौँ । नेपालसहित चार देशीय क्रिकेट शृङखलामा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई एक सय ९३ रनको लक्ष्य दिएको छ । ओमानको अल इमेरत क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै एक सय ९२ रनको योगफल बनाएको हो ।
युएईका लागि ओपनर चिराग सुरीले ५३ बलमा ५ चौका र ५ छक्कासहित ८४ रनको अविजित इनिङ खेले । यस्तै, रोहन मुस्तफाले ४९ रन बनाएका थिए ।
यस्तै, मुहमद वासिम २२, बासिल हमिद १७ रन, मोहमद बोटा १४ रनको योगदान रहेको थियो । नेपालको वलिङमा साहव अलाम, आरिफ शेख र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका थिए ।
आइसीसी टी २० विश्वकपको तयारी स्वरुप आयोजित शृङखलको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया