दलित आयोगले एक वर्षमा गरेका काम सार्वजनिक
उदयपुर । राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाई छ ।
आयोग गठन भएको एक वर्ष पूरा भैरहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा समावेश गरिएको उनले जनाएका छन् । शनिबार गाइघाटमा पत्रकारहरूसँग भेटघाट गर्दै उनले एक वर्ष पूरा भइरहँदा आयोगका काम, कार्यविधिलाई १६ बुँदा समेटेर प्रस्तुत गरेका छन् ।
आयोगले मुख्यतया दलित समुदायको समग्र स्थितिको अध्ययन तथा अन्वेषण, नीतिगत कानुनी र संस्थागत सुधारका लागि सरकारलाई सिफारिस, जातीय छुवाछुत साथै विभेदको अन्त्य गर्न अनुगमनको काम अगाडी बढाएको उल्लेख छ ।
आयोगको बैठक सञ्चालन कार्यविधिको कार्यान्वयन, दलितहरूको विभिन्न घटना समस्याहरूलाई कार्वाहीको सिफारिस, दलितहरूको मुख्य समस्या र राष्ट्रिय स्तरको ४३ वटा घटनाका उजुरी सम्बन्धमा आवश्यक छानबिनको लागि पत्र, राजनीतिक दलहरूमा दलित समावेशीका लागि पत्र, विभेदका घटना अन्त्यका लागि सचेतनामुलक कार्यक्रम जस्ता महत्वपूर्ण क्रियाकलाप गरीरहेको उल्लेख गरिएको छ ।
नेपालमा राष्ट्रिय दलित आयोग ढिलो गठन भएको समेत उनले जनाए । आयोग समयमै गठन नहुँदा दलितहरूको विभिन्न समस्याहरू संविधानमा लेख्न छुटेको समेत उनले जनाए । पहिल्यै आयोग गठन भएको भए दलितहरूले पछिल्लो समयसम्म विभेद भोगि राख्नुपर्ने अवस्था नआउने उनले जनाए ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
प्रतिक्रिया