इसान किसान आइपीएलमा सबैभन्दा बढी मूल्यमा बिके
मेरोन्यूज
२०७८ माघ २९ गते १७:३७

काठमाडौं । युवा खेलाडी इसान किसान १५औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटका लागि जारी अक्सनमा सबैभन्दा महंगो मूल्यमा बिक्री भएका छन् ।
मुम्बई इन्डियन्सले इसान किसानलाई १५ करोड २५ लाख रुपैयाँमा यस संस्करणको आइपीएलका लागि टीममा खरिद गरेको हो ।
दुई करोडको आधार मूल्य तय गरिएकोमा उनलाई आफ्नो टीममा लिन सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, पञ्जाब किंग्सले बोली लगाएका थिए ।
तर, अन्त्यमा उनलाई आईपीएलमा डेब्यू गराएको टीम मुम्बई इन्डियन्सले नै खरिद गरेको हो । मुम्बईले कुनै खेलाडीका लागि १० करोडभन्दा बढीको मूल्यमा किनेको यो पहिलो पटक हो ।
किसान अघि कोलकात्ता नाइट राइडर्सले श्रेयस अय्यरका लागि १२ करोड २५ लाख रुपैयाँमा खरिद गरेको थियो । अय्यर यसअघि दिल्ली क्यापिटल्सबाट खेल्दै आएका थिए ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया