माओवादीसँग सत्ता सहकार्य लम्बाउने वा भत्काउने प्रधानमन्त्रीमा निर्भर
संसदमा एमसीसी यथास्थितीमा टेवुल भए त्यही विन्दुबाट सरकार छोडने माओवादीको संकेत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँग सत्ता सहकार्य लम्बाउने या टुटाउने भन्ने प्रधानमन्त्रीमा निर्भर हुने भएको छ । अमेरिकी अनुदान सहायता परियोजना (एमसीसी) सदनमा पेश गर्ने अडानमै प्रधानमन्त्री रहने र पेश गरेर गएमा माओवादी केन्द्रले सरकार छोडने भएको छ । त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएका छन् ।
अमेरिकाले फागुन १६ भित्रै एमसीसी सम्झौता सदनवाट अनुमोदनका लागि नेपालका नेताहरुलाई निक्कै दवाव वढाईरहेका बेला माओवादीले भने एमसीसी सम्झौता शंसोधन र परिमार्जन विना पारित हुनै नसक्ने प्रष्ट धारणा तय गरेको छ । अध्यक्ष प्रचण्ड देखि माओवादीका सवै नेता कार्यकर्ता यही अडानमा रहेपछि अव माओवादीसँग अहिले चलिरहेको सत्ता सहकार्य जारी रहने या नरहने भन्ने कुराको निधो प्रधानमन्त्रीको कदमले टुग्गो लाग्ने भएको हो ।
एमालेले संसद चल्न दिने संकेत गरेमा माओवादीले प्रधानमन्त्रीले संसदमा एमसीसी पेश गर्ने गरी नै अडडी लिएमा अव संसदमा एमसीसी टेवुल हुने सम्भावना वढेर गएको छ । त्यसका लागि माओवादीले सभामुख अग्नि सापकोटामार्फत टेवुलै हुन नदिने रणनीति नबनाउने भएको छ । सभामुखले स्वविवेक प्रयोग गर्न दिने तयारीमा माओवादी केन्दै पुगेको छ ।
शुक्रवार साँझ माओवादी अध्यक्ष प्रचण्ड र सभामुख अग्नि सापकोटाका वीचमा भएको वार्तामा पनि प्रचण्डले प्रधानमन्त्रीले एमसीसी पारित गरेरै जाने नीति बनाए त्यसलाई धेरै नअडकाईराख्न सभामुखलाई आग्रह् गरिसकेका छन् । तर त्यस्तो अवस्थामा माओवादी भने सरकारवाट वाहिरिने भएको छ । माओवादीले यस विषयमा परिमार्जन र संशोधनविना, राष्ट्रिय समझदारी र सहमतिको वातावरण नबनाइकन यसलाई अगाडि लान हुँदैन भन्ने अडान कायम राखेको छ ।
तर, सरकारले संसदमा लाने नै भयो भने सरकारले त्यो अधिकार राख्ने र त्यो अवस्थामा माओवादीले सहमति नबनाइकन अथवा परिमार्जन, संशोधन केही पनि नगरिकन लगेमा समर्थन नगर्ने र विरोध गर्ने भएको छ । सहमति नबनाइकन, परिमार्जन, संशोधन केही पनि नगरिकन जस्ताको त्यस्तै त्यसलाई भोटिङमा प्रधानमन्त्रीले लान चाहेको अवस्थामा माओवादीले समर्थन नगरी विरोध गर्ने देखिएको छ ।
त्यस अवस्थामा सरकारमा रहेर विरोध गर्न नैतिकताले पनि नदिने भएपछि माओवादीले सरकार छोडने गरी भित्री तयारी गरेको छ ।
प्रधानमन्त्री देउवाले भने अव बस्ने संसदको बैठकमै एम्सीसी संसदमा लैजान चाहेका छन् । संसद बैठक फागुन २ गतेका लागि बोलाईएको छ । शनिवार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले फागुन २ को संसद बैठक स्थगन गर्न माग गरेकोले दुई दिन पछि सार्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
यदि प्रधानमन्त्रीले संसद बैठक स्थगित गर्न चाहेमा वा त्यसपछि फेरि लगत्तैको बैठकमा एमसीसी टेवुल गर्न लगेमा माओवादीले के गर्ने भन्ने आफनो मनस्थिती बनाएको छ । माओवादीको जोड सकभर अहिले पनि गठबन्धनभित्र पनि एउटा समझदारीका लागि बीचको कुनै उपाय निकालेर जान प्रयास गर्ने भन्ने देखिएको छ ।
तर, प्रधानमन्त्रीले त्यसो नगरी सिधै लैजान चाहेमा भने माओवादीले नैतिकरुपले सरकारमा नबस्ने भित्री निती बनाईसकेको देखिएको छ ।
सरकारले प्रस्ताव लाने, भोटिङ हुने, त्यही सरकारभित्रको पार्टीचाहिँ विरोध गर्ने स्थिति बन्यो भने सरकारमा बस्न मिल्दैन । नैतिकरुपले मिल्दैन, त्यसपछि हामी सरकार छोडछौं, माओवादी केन्द्रका एक नेताले भने ।
माओवादीले निर्वाचन सम्म यसलाई रोक्ने , त्यसवीचमा परिमार्जन, संशोधन, लेटर अफ एक्सचेञ्ज, लेटर अफ क्लियरिफिकेसन केही गर्ने र यसलाई पछाडी धकेल्ने प्रयास गर्न चाहिरहेको छ । त्यो नहुने हो भने मुलुक चुनावी प्रक्रियामा प्रवेश गरिसकेकोले यसलाई अहिले होल्ड राख्ने पछि राष्टिय सहमति खोजी गरेर जानुपर्ने पक्षमा उभिएको छ । तर प्रधानमन्त्री माओवादी केन्द्रको यो प्रस्तावमा शनिवार सम्मको भेटमा पनि सकारात्मक देखिएका छैनन ।
जसकाकारण माओवादीसँग ७ महिनायता जारी सत्ता सहकार्य लम्बाउने या भत्काउने भन्ने अव प्रधानमन्त्रीको स्टेपमा निर्भर हुने माओवादी नेताहरुको भनाई छ ।
















रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया