आइतबार, मंसिर २१, २०८२

चेल्सीलाई फिफा क्लब विश्वकप उपाधि

मेरोन्यूज २०७८ फागुन १ गते ८:३३

काठमाडौँ । इंग्लिस क्लब चेल्सीले शनिबार राति पहिलोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । फाइनल प्रतिद्वन्दी ब्राजिलियन क्लब पाल्मिरसलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक–एक गोल गरे । यससँगै चेल्सीले पहिलोपटक क्लब विश्वकपको उपाधि जितेको हो । क्लब विश्वकपको उपाधि जित्ने चेल्सी तेस्रो इंग्लिस क्लब बनेको छ ।

अन्तिम समयमा पाल्मिरसका ग्रासियाले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको थियो ।

प्रतिक्रिया