मधेस प्रदेशमा जाँदै प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेश जाने भएका छन् । २७ औँ जनयुद्धको अवसरमा आयोजित प्रदेश स्तरीय कार्यक्रममा सहभागी हुन उनी मधेस प्रदेश जाने भएका हुन् ।
पार्टी कार्यलय पेरिस डाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफू मधेस प्रदेशको जनयुद्ध कार्यक्रममा सहभागी हुने बताए । यसपटक प्रदेश सरकारले तत्कालीन माओवादी केन्द्रले सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा जनयुद्ध दिवस मनाउने भएको हो ।
मधेस सरकारमा गत साउनदेखि नेकपा माओवादी केन्द्रसमेत सहभागी भएको छ । माओवादीको तर्फबाट सरकारमा सहभागी भएका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहको प्रस्तावमा प्रदेश सरकारले दिवस मनाउँदै सार्वजनिक बिदा दिएको छ ।
जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथिमा ‘प्रचण्ड’लाई निम्तो दिइएकाले उनी जाने भएका हुन् ।

















सुडानको डार्फर अस्पतालमा आक्रमण: ६४ जनाको मृत्यु
एभरेष्ट बैंकद्वारा नयाँ वर्ष २०८३ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक
देशका विभिन्न भागबाट लागुऔषधसहित सात जना पक्राउ
सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना
नेपालमा इन्फिनिक्सको ‘नोट ६०’ सिरिज र ‘नोट एज’ सार्वजनिक
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया