आजदेखि सर्वोच्चसहित सबै तहका अदालत सञ्चालन हुने

काठमाडौँ । सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड १९ महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले आजदेखि सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।
गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आइतवारबाट पूर्ण रुपमा सञ्चालन हुन लागेको प्रवक्ता बाबुराम दाहालले बताए ।
गत माघ पहिलो साता विश्वव्यापी रुपमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको भन्दै सरकारको निर्णयलाई आत्मसात गर्दै सर्वोच्च अदालतले गत ५ माघवाट सेवा संकुचन गराउँदै आएको थियो । तर, गत ५ माघ देखी २९ माघसम्मको अवधिमा बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ भने स्थगित गरेको थिएन ।
सर्वोच्चका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम मिलापत्रसम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधिअनुसार थुनुवा रहेका व्यक्तिको निवेदनलगायतका मुद्धा माथी कारवाही र सुनवाईलाई भने स्थगित गरिएको थिएन ।
कोभिड महामारी नियन्त्रणतर्फ गइरहेको जनाउँदै आइतबारदेखि सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतहरु पूर्ण रुपमा सञ्चालन हुने छन् ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया