नेपाल बारकाे आन्दोलन आजदेखि पुनः सुरु, प्रधानन्यायधीश राणाको राजीनामा माग

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै नेपाल बार एशोसियसनले गरेको आन्दोलन पुनः हुने भएको छ । कोभिड १९ महामारीका कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमबाट आन्दोलन गर्दै आएको बारले आइतबारदेखि भौतिक रुपमा आन्दोलन गर्ने भएको हो ।
‘फागुन १ गतेबाट बिहान ११ बजेदेखि १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रीत आन्दोलन कार्यक्रम भौतिक रुपमा निरन्तर जारी रहने’ महासचिव लिलामणि पौडेलले जानकारी दिए । उनका अनुसार गत २८ माघमा बसेको बार एशोसियसनको निर्णयअनुसार उक्त आन्दोलनको नयाँ कार्यक्रम मिति र स्वरुप तय गरिएको हो ।
विगत एक सय ७ दिनदेखि न्यायपालिकाको शुद्धिकरण र सुदृढीकरणका लागि न्यायधीश हरिकृष्ण कार्कीको संयोजकत्वको प्रतिवेदनको कार्यान्वयन र प्रधानन्यायधीश राणाको राजीनामा माग पूरा नभएसम्म आन्दोलन जारी रहने महासचिव पौडेलको भनाइ छ ।














चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेसको आधिकारिकताबारे आयोगले भन्यो– विधि र पद्धतिमा रहेर निर्णय गर्छौं
प्रतिक्रिया