शुक्रबार, पुष १८, २०८२

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

मेरोन्यूज २०७८ फागुन १ गते ११:३३

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध ९८ सांसदले हस्ताक्षर गरी महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

प्रधानन्यायधीश जबराविरुद्ध महाभियोग दर्ताका लागि कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदले हस्ताक्षर गरेका छन् । उनीहरूले महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।

प्रधानन्यायधीश जबराविरुद्ध आइतबार बिहान सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेको सचिवालय स्रोतले जनाएको छ । महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए ।

प्रतिक्रिया