सांसदहरूले विवेक प्रयोग गर्नु पर्ने बेला आएको छ : कानुन मन्त्री बडु

काठमाडौँ । कानुन न्यान तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले न्यायलयलाई निकास दिन प्रधानन्यायधीशविरुद्ध महाअभियोग दर्ता गरेको बताएका छन् । उनले अब प्रतिनिधिसभामा सांसदहरूले आफ्नो विवेक प्रयोग गर्नु पर्ने अवस्था आएको बताए ।
‘अबको निकास संवैधानिक निकास मात्रै बाँकी रहेकाले सांसदहरूले आफ्नो विवेश प्रयोग गर्छन,’ उनले भने, ‘अब जनताले प्रश्न गर्ने अवस्थाबाट न्यायापालिका बाँचेको छ ।’
‘न्याय पालिकाभित्रको विवाद यसरी छताछुल्ल भएर जाँदासम्म यो अवरोध धेरै दिन जानु हुँदैन थियो, हामीले भनौँ नि हाम्रो सीमा छ, हामी कार्यापालिका हो, न्यायपालिका स्वतन्त्र छ,’ मन्त्री बडुले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तले हामीले जुन भूमिका निभाउन सक्थ्यौँ, त्यो गरेऔँ, अहिलेको अवरोध फुक्न नसक्ने अवस्थामा एउटा संवैधानिक निकास त खोज्नु पथ्र्यो, त्यस कारण त्यो अवधि मात्रै लिइएको हो ।’











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया