राष्ट्रियसभा उपाध्यक्षदेखि प्रदेश उपसभामुखसम्म एउटै ‘मोर्चा’ मा
सम्वैधानिक परिषद्मा राष्ट्रियसभा उपाध्यक्ष सहभागी गराउन संविधान संशोधनको माग

काठमाडौं । राष्टियसभाका उपाध्यक्ष र सात वटै प्रदेशका उपप्रमुखहरुले संविधान संसोधनको माग उठाएका छन् । राष्ट्रपति देखि प्रधानमन्त्री सम्मलाई भेटेर उनीहरुले संविधानको धारा २८४ संसोधन गरेर सम्वैधानिक परिषद्मा राष्ट्रिय सभाका उपाध्यक्षलाई पनि समावेश गर्न माग गरेका छन् ।
संविधानको धारा २८४ मा सम्वैधानिक परिषद् सम्वन्धी ब्यवस्था छ । उक्त धारा अनुसार सम्वैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीस, सभामुख, उपसभामुख र विपक्षी दलका नेता परिषद्को सदस्य हुने ब्यवस्था छ । उक्त धारा संसोधन गरी राष्टिय सभा उपाध्यक्षलाई पनि सम्वैधानिक परिषद सदस्य बन्न पाउने ब्यवस्था गर्न उनीहरुले माग गरेका हुन् ।

राष्ट्रि«य सभा र प्रतिनिधीसभा दुवैमा सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्ष मध्ये एक पुरुष र एक महिला अनिवार्य हुनुपर्ने ब्यवस्था छ । सोही कारण उनीहरुले संविधान संशोधनको माग गरेका हुन् । उनीहरुले प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेश सभाका सभामुख मध्ये एक तिहाई महिला हुनुपर्ने, स्थानिय तह तर्फ पालिका प्रमुख या अध्यक्षमा पनि एक तिहाईम हिला हुनुपर्ने उनीहरुले माग गरेका छन् ।
माघ २६ र २७ गते काभ्रेको धुलिखेलमा दुई दिने आवसिय भेला आयोजना गरेर उनीहरुले त्यस्तो निश्कर्ष निकालेको थिए । त्यही निश्कर्षका आधारमा राष्टपति देखि प्रधानमन्त्रीसम्मलाई भेटेर उनीहरुले त्यस्तो माग गरेका हुन।















गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
प्रतिक्रिया