राष्ट्रिय जनमोर्चाले महाभियोगको पक्षमा मतदान गर्ने

काठमाडौं । सत्ता गठबन्धनमा रहेको दल राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीसविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावको पक्षमा मतदान गर्ने भएको छ ।
महाभियोग प्रस्ताव दर्ता गर्नेबेला आफ्नो पार्टीसँग सम्पर्क र समन्वय नभए पनि महाभियोगको पक्षमा मतदान गर्ने जनमोर्चाले जनाएको छ ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै चोलेन्द्र शमशेर सर्वोच्च अदालतको न्यायधीश बन्नको लागि योग्य नभएको कुरा आफ्नो पार्टीले शुरुदेखि नै स्पष्ट गर्दै आएको जनाएकी छन् ।
‘संसदीय सुनुवाईको बेलामा हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीले अन्तसम्म उनलाई न्यायधीशमा नियुक्त गर्ने प्रस्तावका विरुद्ध अडान लिनु भएको थियो । तर अन्य सबै पार्टी वा संगठनहरुले अडान छाडेको हुनाले उनको नियुक्ति भएको थियो ।’– पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘उनलाई (राणालाई)पदबाट हटाउनका लागि उपयुक्त माध्यम महाभियोगको प्रस्ताव नै थियो । तर त्यसरी महाभियोग दर्ता गर्ने कार्य धेरै सांसदहरुको सहमतिबाट नै हुन सक्दथ्यो । अहिले त्यसप्रकारको सहमति जुटेर महाभियोगको दर्ता भएको छ । संसदमा दर्ता भएको त्यो महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु ।’– विज्ञप्तिमा भनिएको छ ।
प्रेस विज्ञप्ति
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विरुद्ध प्रतिनिधिसभामा महाभियोग प्रस्ताव दर्ता भएको छ । त्यो महाभियोग प्रस्ताव दर्ता हुने बेलामा हाम्रो पार्टीसित सम्पर्क वा समन्वय हुन नसकेको हुनाले राष्ट्रिय जनमोर्चाको तर्फबाट त्यो प्रस्तावमा मेरो हस्ताक्षर हुन सकेको थिएन । तैपनि हाम्रो पार्टी पनि समहत भएको कुरालाई हामीले स्पष्ट गर्न चाहन्छौँ ।
चोलेन्द्र शमशेर सर्वोच्च अदालतको न्यायधीश बन्नको लागि योग्य नभएको कुरा हाम्रो पार्टीले शुरुदेखि नै स्पष्ट गर्दै आएको थियो । संसदीय सुनुवाईको बेलामा हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर केसीले अन्तसम्म उनलाई न्यायधीशमा नियुक्त गर्ने प्रस्तावका विरुद्ध अडान लिनु भएको थियो । तर अन्य सबै पार्टी वा संगठनहरुले अडान छाडेको हुनाले उनको नियुक्ति भएको थियो । अहिले उनका विरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको कुराबाट त्यो बेला हाम्रो पार्टीका अध्यक्षले लिएको अडान सही थियो भन्ने कुरा प्रमाणित भएको छ ।
प्रधानन्यायाधीशको राजीनामाको माग गरेर सर्वोच्च अदालतमा लामो समयदेखि आन्दोलन चल्दै आएको छ । चोलेन्द्र शमसेर प्रधानन्यायाधीशका लागि उपयुक्त छैनन् भन्ने कुरा हामीले लगातार स्पष्ट गर्दै आएका थियौँ । तर उनको राजीनामाको मागलाई हामीले समर्थन गरेका थिएनौँ । तर राजीनामा दिने वा नदिने कुराको अन्तिम फैसला गर्ने अधिकार प्रधानन्यायाधीशमा नै हुन्छ र कुनै पनि ऐन वा नियमले त्यसका लागि उनलाई बाध्य गराउन सक्दैनथ्यो । उनलाई पदबाट हटाउनका लागि उपयुक्त माध्यम महाभियोगको प्रस्ताव नै थियो । तर त्यसरी महाभियोग दर्ता गर्ने कार्य धेरै सांसदहरुको सहमतिबाट नै हुन सक्दथ्यो । अहिले त्यसप्रकारको सहमति जुटेर महाभियोगको दर्ता भएको छ । संसदमा दर्ता भएको त्यो महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसदमा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु ।
मिति ः २०७८ फागुन १ गते
दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद
















खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
चीन सरकारले नेपालमा सङ्घीयसंसद् निर्वाचन सम्पन्न भएकामा बधाई ज्ञापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया