शनिबार, पुष १९, २०८२

कुरान जलाएको भन्दै ढुंगा हानेर हत्या, रुखमा झुन्ड्याइयो शव

मेरोन्यूज २०७८ फागुन २ गते ९:३४

काठमाडौँ । कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्ध वैँशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पञ्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।

एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए । लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो ।

पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफू निर्दोष भएको बताएका थिए । तर, कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।

पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।

प्रतिक्रिया