भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध

काठमाडौँ । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।
स्वीट सेल्फी एचडी, ब्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपल लक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।
देशको सार्वभौम सत्ता र सुरक्षामा जोखिम पुर्याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, विच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो । सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ ।
पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।
















काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
खोटाङमा नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा : जनतालाई निःशुल्क उपचार
मध्यपूर्व संकटको असर विश्वभर: तेल, सुरक्षा र पर्यटन जोखिममा
वर्षाका कारण बुटवल-नारायणगढ सडक अवरुद्ध
अमेरिकाले इरानी तेलमा लगाइएको प्रतिबन्ध हटायाे
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया