‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी गर्न मिल्ने

काठमाडौँ । काठमाडौँबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’को बिल भुक्तानी अनलाइनबाट गर्न मिल्ने भएको छ । भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको हो ।
बिल भुक्तानीमा कार्यालय धाउनु पर्ने तथा ढिला हुने समस्याका कारण समस्यामा परेका ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको हो । यस सेवाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘काठमाडौँ उपत्यका खाने पानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौदेखि पर्खी आएका छन्, यस सेवालाई हामीले डिजिटल रूपमा दिन पाउँदा उत्साहित छौँ ।’
‘खल्ती’बाट काठमाडौँ उपत्यका खाने पानीको भुक्तानी गर्नका निम्ति ०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाँकी भए बोर्ड अमाउन्ट तिर्नु पर्ने छ । त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्टबाट भुक्तानी गर्न सकिने छ ।
यसका साथै खल्तीबाट मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाइन सपिङ्गलगायत सेवा लिन सकिने छ ।












नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया