शनिबार, पुष १९, २०८२

एमाले संसदीय दलको बैठक : चोलेन्द्रको पक्षमा नउभिन नेतृत्वमाथि दवाव

मेरोन्यूज २०७८ फागुन २ गते १४:२०

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुले महाअभियोग खेपीरहेका प्रधानन्यायाधीस चोलेन्द् शम्शेर राणालाई बोकेर चुनावमा जानु पाटीृको लागि अहित हुने वताएका छन् । विवादामा आएको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनमा अनुमोदन गराउने सत्तापक्षको तयारीको प्रतिवाद गर्ने तर राणाको पक्षमा प्रतिवादमा उत्रन नहुने धारणा एमालेका सांसदहरुले राखेका छन् ।

खासगरी एमालेका सांसदद्दय भीम रावल र घनश्याम भुसालले यसतो प्रस्तावमा जोड गरेका थिए ।

संसदीय दलको बैठकमा बोल्ने क्रममा रावल र भुसालले चुनावको मुखमा चोलेन्द्र र एमसीसी बोकेर जान नसकिने बताएका हुन् । अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका थिए ।

भुसालले भने, – यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।

प्रतिक्रिया