सर्वदलीय बैठक सिंहदरवारमा सुरू

काठमाडौं । प्रधानन्यायाधीसमाथीको महाअभियोग, विवादमा परेको एमसीसी परियोजना र संसदको जारी गतिरोधका विषयमा छलफल गर्न प्रतिनिधिसभाका सभामुखले बोलाएको सर्वदलीय बैठक सिंहदरवारमा सुरू भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरवारमा सर्वदलीय वैठक आह्रवान गरेका थिए । वैठकमा प्रतिपक्षी एमाले गएको छैन । सभामुखसग असन्तुष्ट रहँदै आएको एमालेले सभामुखले बोलाएको सर्वदलीय बैठकको आवश्यकता नरहेको भन्दै नजाने निर्णय गरेको थियो ।
सभामुखले एमालेले कारवाही गरेका माधव नेपाल लगायत १४ सांसदलाई कारवाही नगरी पार्टी खोल्ने वाटो दिएको भन्दै एमाले सभामुखसाग चिढिएको छ । सोही कारण एमालेले संसदको बैठकमा निरन्तर अवरोध गदैं आईरहेको छ ।
वैठकमा कांग्ेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल , राष्टिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेल लगायतका नेताहरु सहभागी छन् ।

















लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
हतियार देखाएर सुनचाँदी पसल लुट्न खोज्ने २ जना पक्राउ
टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया