नेपाल–आयरल्याण्ड भिडन्तः नेपालले ३ विकेट लियो
मेरोन्यूज
२०७८ फागुन २ गते १६:२१

काठमाडौं । चार देश सम्मिलित टी–२० सिरिजको अन्तिम खेलमा नेपालले आयरल्यान्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको मस्कटस्थित अमेरत मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि आयरल्यान्डले ब्याटिङ गरिरहेको छ । पहिले फिल्डिङ रोजेको नेपालले आयरल्याण्डलाई ३ विकेट ढालेको छ ।
८ ओभर खेल्दा आयरल्याण्डले ३ विकेटको क्षतिमा ४६ रन जोडेको छ ।
सिरिजमा पहिलो खेलमा नेपालले घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेको थियो । सो खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
दोस्रो खेलमा भने नेपाल यूएईसँग पराजित भएको थियो । युएईसँगको खेलमा नेपाल २५ रनले पराजित भएको थियो ।
आयरल्यान्ड भने दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
सम्बन्धित
















क्युबालाई सहयोग गर्ने रूसको प्रतिवद्धता
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
वर्षाले काठमाडौँमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त
भोलि ईदकाे सार्वजनिक बिदा
वीरगञ्जबाट २० लाख हुण्डी रकमसहित एक जना पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया