आयरल्याण्डसँग नेपाल १७ रनले पराजित

काठमाडौं । चार देशीय टी–२० सिरिजको अन्तिम खेलमा नेपाल आयरल्याण्डसँग १७ रनले पराजित भएको छ ।
टस जितेर फिल्डिङ रोजेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आयरल्याण्डलाई १ सय २८ रनमा समेटे पनि ब्याटिङमा राम्रो प्रदर्शन गर्न नसक्दा नेपाल पराजित हुन पुग्यो ।
१२८ रनको झिनो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र जोड्न सक्यो ।
दीपेन्द्र सिंह ऐरीले २८ रन जोड्दा आसिफ शेखले २३ रन जोडे भने कुशल भुर्तेलले १५ र कमल ऐरीले १३ रन जोडे । नेपालका अन्य ब्याट्सम्यानहरुले दोहोरो अंक जोड्न सकेनन् ।
फिल्डिङतर्फ दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिएका थिए ।
यसअघि आयरल्यान्डले दुई खेल खेलेकोमा एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो ।
आयरल्यान्ड पहिलो खेलमा ओमानसँग र दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।
नेपालले फागुन ६ गतेदेखि ओमानमै हुने छनोटमा प्रतिस्पर्धा गर्नेछ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया