शुक्रबार, वैशाख ११, २०८३

सशस्त्र प्रहरी प्रवक्तामा तिउसिना

मेरोन्यूज २०७८ फागुन २ गते १९:३०

काठमाडौं । सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मा कायम मुकामय सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाले पाएका छन् ।

Advertisement
NiccNicc

यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएकाले तिउसीनालाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगायतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारीका साथ तिउसिनालाई प्रवक्ता तोकिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

प्रतिक्रिया