मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो ।
आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेश गरेका थिए । बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया