मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मंगलबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो ।
आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ ।
गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो संकल्प प्रस्ताव पेश गरेका थिए । बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रिना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको संकल्प प्रस्तावमाथि आ–आफ्ना धारणा राखेका थिए ।
















डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जना पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया