शनिबार, पुष १९, २०८२

एमसीसीको पक्षमा कांग्रेसका सांसदहरू, भोलि पेस गर्ने तयारी

मेरोन्यूज २०७८ फागुन ३ गते १२:०६

काठमाडौँ । सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को पक्षमा उभिएका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नु पर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए ।

‘आजको बैठकमा एमसीसीबारे छलफल भयो, अधिकांश सांसदले एमसीसी पारित गर्नु पर्ने सुझाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए ।

उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने भएको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने ।

प्रतिक्रिया