बिहीबार, पुष १७, २०८२

थप ६८० जनामा कोरोना पुष्टी, १ हजार ८३५ जना संक्रमणमुक्त

मेरोन्यूज २०७८ फागुन ३ गते १६:५५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९०२ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया