सोमबार, पुष २१, २०८२

राप्रपा प्रधानन्यायाधीसविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा

मेरोन्यूज २०७८ फागुन ३ गते २०:०८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा दर्ता गरेको महाअभियोग प्रस्तावको विपक्षमा उभिएको छ ।

मंगलबार काठमाडौंको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले जबरामाथि लगाइएको महाअभियोगले न्याय क्षेत्रमा देखिएको बेथिति समाधान नगर्ने निष्कर्ष निकाल्दै सो प्रस्तावको पक्षमा उभिन नसक्ने प्रष्टयाएको हो ।

प्रधानन्यायाधीश जबरामाथि संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावको खेलमा आफ्नो पार्टी सहभागी नहुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

बैठकले न्यायालय राजनीतिक दलहरुकै दवाव, प्रभाव, हस्तक्षेप र भागबण्डाका कारण धरासायी भएको राप्रपाको बुझाई छ ।

प्रतिक्रिया