माओवादी पनि सडकमा, एमसिसीको विरोधमा भातृसंगठनले संसद भवन घेर्ने
मेरोन्यूज
२०७८ फागुन ४ गते ८:३७

काठमाडौं । सरकारमा रहेको माओवादी केन्द्र पनि सडक संघर्षमा उत्रन लागेको छ । यथास्थितिमा एमसिसी टेबल गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टी निकट संगठनलाई सडकमा विरोधमा उतार्न लागेको हो । युवा संगठन वाइसिएल र विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले संसद भवन घेराउ गर्ने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको संसद् बैठकमा एमसिसी प्रवेश गराउने प्रयासको छनक देखिएपछि माओवादीका दुई भातृ संगठनले संसद भवन घेराउको कार्यक्रम राखेका हुन् ।
बिहान ११ बजे बानेश्वरस्थित एभरेष्ट होटल अगाडिबाट संसद भवन घेराउ गर्न लागेको माओवादी नेता हिमाल शर्माले बताएका छन् ।

सम्बन्धित
















सातौं एसियन सभात च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन
जेठ १० गते यार्सागुम्बा संकलन गर्न पाइने
दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया