कोरोनाविरुद्धको ५६ हजार ९०८ मात्रा खोप खेर गएको पाइयो (प्रतिवेदनसहित)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानविन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ।
गत माघ २१ गतेसम्म डा. लगुणराज लोहनीको संयोजकत्वमा गठन भएको समितिले स्वास्थ्य मन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनमा ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको हो ।
समितिले मन्त्री खतिवडालाई सोमबार प्रतिवेदन बुझाएको थियो। ५६ हजार ९०८ खोपमध्ये सबैभन्दा बढी मोर्डना खोप खेर गएको देखिएको छ ।
मोर्डना मात्र २५ हजार ५६२ खेर गएको छ । भने भेरोसेल ७ हजार २३, कोल्भिसिल्ड एस्टाजेनिका १९ हजार ४९, जोनसोन ५ हजार ११९ ,फाईजर ७९ भाइल खेर गएको प्रतिवेदनमा उल्लेख छ ।
यी खोपहरु म्याद गुज्रिएका वा कारणबशं क्षति भएको देखिएको उक्त प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी, हालसम्म नेपालमा ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप प्राप्त भएको प्रतिवेदनमा जनाइएको छ। जसमा ३ करोड ३८ लाख २६ हजार ३३० मात्रा खोप लगाइएको र १ करोड २३ लाख ३७ हजार ६६५ खोप मौज्दात रहेको उल्लेख गरिएको छ। खोपको सबै विश्लेषण गर्दा ४ लाख ५५ हजा ३१५ खोप बढी देखिएको प्रतिवेदनमा उल्लेख छ ।
समितिले मन्त्री खतिवडालाई बुझाएके प्रतिवेदनमा खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको जनाएको छ । ‘बुष्टर डोज लगाउनेसम्बन्धी आधिकारिक निर्णय नहुँदै पहिले खोप लगाइसकेका व्यक्तिले पहिलो खोप पनि बुष्टर लगाएको देखिन्छ’, प्रतिवेदनमा भनिएको छ।
यसैगरी, खोप अभियानलाई पूर्णरूपमा व्यवस्थित गर्न नसकिएको समितिले मन्त्री खतिवडालाई बुझाएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सात प्रदेश, ७७ जिल्ला र ७४४ स्थानीय तहले मात्र खोपको विवरण उपलब्ध गराएका छन्।
प्रतिवेदनमा कोभिडविरुद्धको खोप निःशुल्क भएबापत केही व्यक्तिले पैसा लिएको गुनासो आएको प्रतिवेदनमा उल्लेख छ। यसको छानविन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको बताइएको छ। हराएको भनिएको २४ लाख खोपको खोजीमा गत माघ १६ गतेमन्त्रालयले डा. लोहनीको संयोजकत्वमा पाँच सदस्यीय खोप छानविन समिति गठन गरेको थियो।
यस्तो छ प्रतिवेदन
















संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपालगञ्जमा इद उल फित्र मनाइयो
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीबाट १३ लाख राजस्व सङ्कलन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया