सगरमाथा विमानस्थलका लागि धमाधम रुख छपान

उदयपुर । जिल्लाको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणको काम अघि बढेको छ । बहुप्रतिक्षारत उदयपुरको त्रियुगा नगरपालिका १ र २ जोगिदहस्थित प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थल निर्माणका लागि रुख छपानको काम सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा प्रस्तावित सगरमाथा आन्तरिक विमानस्थलको भौतिक पूर्वाधार निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच गत २४ माघमा सम्झौता भएपछि निर्माण हुने प्रक्रिया अघि बढेको हो ।
राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम बढाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयले सगरमाथा विमानस्थल राष्ट्रिय प्राथमिकता प्राप्तमा राखेर काम अघि बढाएको थियो ।
निर्माण स्थलमा रहेका रुख कटान गर्न वन तथा भू संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच ०७८ माघ २४ गते भएको सम्झौतापछि रुख छपानको काम अघि बढेको हो । सम्झौतामा विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर क्षेत्रफलमध्ये एक सय ५ दशमलव १० हेक्टरमा रहेको रुख मात्र छपान गरी हटाउने उल्लेख गरिएको छ । बाँकी रहेको ५० दशमलव ४१ हेक्टरको कटान गर्न नपाउने उल्लेख गरिएको छ ।
विमानस्थल निर्माण गर्ने शिवालय धार्मिक वन उपभोक्ता समूहको ०.५२ हेक्टर क्षेत्रमा १७८ वटा रुख कटान गर्नु पर्ने कंग सामुदायिक वन उपभोक्ता समुहका ७२.३५ हेक्टर क्षेत्रमा १२ हजार ६ सय ३८ वटा रुख कटान गर्नु पर्ने र मोतियाही सामुदायिक वन उपभोक्ता समूह ८३.२४ हेक्टर क्षेत्रमा ५ हजार ६ सय ७ वटा रुख कटान गर्नु पर्ने रहेको छ ।
सम्झौताअनुसार १ सय ५ दशमलव १० हेक्टरको मात्र रुख कटान गरि बाँकी रहेको ५० दशमलव ४१ हेक्टरमा हरियाली कायम गर्ने उल्लेख गरिएको छ । सगरमाथा आन्तरिक विमानस्थल आयोजना प्रमुख हिमज्योति थापा सहितको टोली अहिले निर्माण स्थलमा रुख छपान तथा कटानको काम थाल्न आएको छ ।
३ फागुनदेखि विमानस्थलको सिमाङ्गकन तथा रुख छपानको काम अघि बढाएको परराष्ट्रयमन्त्री डा. नारायण खड्काको सचिवालयका लिला भट्टराईले जानकारी दिए ।














नेपाल प्रहरीका ४८ एसपीको सरुवा, झापामा बसुन्धरा खड्का
हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाई सम्पन्न
पर्सामा एक सय ६७ मतदानस्थल कायम
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया