अमेरिका र जर्मनीको अनुरोध : रसियाली सेना फिर्ता भएनन्
मेरोन्यूज
२०७८ फागुन ५ गते ८:२३

काठमाडौँ । युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई अनुरोध गरेका छन् । युक्रेनको सीमाबाट रसियाली सेनाको कुनै उल्लेखनीय फिर्ता नभएको भन्दै तनाव अन्त्यका लागि पहल गर्न उनीहरुले संयुक्त अनुरोध गरेका हुन् ।
‘युक्रेनविरुद्ध रसियाली हमलाको जोखिम अझै उच्च छ । अत्यन्त सावधानी आवश्यक छ’, बाइडेन र सोल्जबीचको टेलिफोनवार्तापछि जर्मन चान्सलरको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘तनाव अन्त्यका लागि रसियाले वास्तविक कदम चाल्नुपर्छ ’, विज्ञप्तिमा उनीहरुले भनेका छन । युक्रेनविरुद्ध मस्कोले चाल्ने जुनसुकै सैन्य कदमले ‘असामान्य गम्भीर परिणाम निम्त्याउने’ उनीहरुले चेतावनी दिएका छन ।
दुवै नेताले युक्रेन संकटको समाधानका लागि कूटनीतिक प्रयास जारी राख्नु पर्ने पुटिनको भनाइलाई स्वागत गरेका छन् ।
सम्बन्धित
















खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
रुसी पूर्वमन्त्री पोपोभलाई १९ वर्ष जेल सजाय
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया