विवाह समारोहमा इनारमा खसेर १३ जनाको मृत्यु
काठमाडौँ । भारतमा एउटा विवाह समारोहमा एउटा इनारभित्र खस्दा १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महिला र बालबालिका बढी छन् ।
उत्तर प्रदेशको कुशिनगर जिल्लाको एउटा गाउँमा गत राति सो दुःखद घटना भएको हो । अधिकारीहरुका अनुसार विवाह समारोहमा एउटा पुरानो इनारलाई छोपेको स्ल्याबमा महिला र बालबालिका बसेका थिए । उनीहरुको तौल धान्न नसकेर सो स्ल्याब भत्किँदा त्यहाँ बसेका सबै जना इनारभित्र खसेका थिए ।
डुबेकालाई उद्दार गरी अस्पताल लगिएको थियो । अस्पतालले उनीहरुलाई तत्काल मृत घोषणा गरेको थियो । घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाएका पीडितको शोकमा डुबेका आफन्त विवाहको पहिरनमा अस्पताल पुगेका थिए । ‘इनारमा खस्दा १३ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन्,’ जिल्ला म्याजिस्ट्रेट एस राजालिंगमले भने ।
करिब १० बजे ५० देखि ६० महिला, युवती तथा बालबालिकाहरू विवाहमा मनाइने परम्पराअनुसार इनारमा पुगेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनलाई हृयविदारक भन्दै घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
















Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया