कैलालीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ फागुन ५ गते ११:५५
कैलाली । कैलालीको धनगढी उपमहानगरपालीका १३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका ५ का ३१ वर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडि सवार कैलाली ६ का ३३ वर्षीय यज्ञराज नौलालको सोही अस्पतालमा उपचार भइरहेको छ ।
अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको से ५ प ३९४२ नम्बरको मोटरसाइकल बुधबार बेलुकी अनियन्त्रित भई पल्टिएको हो ।
सम्बन्धित












टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया