८ दलीय मोर्चाले एमसीसीविरुद्धको आन्दोलन थप सशक्त बनाउने
काठमाडौं । फागुन ४ गते नेपाल वन्दको आह्रवान गरेको एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
मोर्चाको बिहीबार बसेको संयुक्त बैठकले एमसीसीविरुद्धको आन्दोलनलाई थप शसक्त बनाउने निर्णय गरेको हो । मोर्चाले फागुन ६ गते देशभर संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ । यसका साथै सोही दिन १२ बजे काठमाडौंको माइतीघर मण्डलाबाट संसद भवन अगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने जनाएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आन्दोलनमा छन् ।
यस्तै चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगगतन्त्रिक मोर्चा नेपाल, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, कर्णजित बुढाथोकी सुशिल नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी एमसीसीविरुद्ध संयुक्त आन्दोलनमा छन् ।
















आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
Sonam Lhosar being marked today
सवारी दुर्घटनामा परी झापामा २ जनाको मृत्यु
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया