एमसीसीमा जुटेन सहमति, भोलि फेरि बैठक बस्ने
भोलि संसदमा टेबल गरौं : प्रधानमन्त्री, पहिले संसद अवरोध खोलौँ : माओवादी

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदमा पेश गर्ने नगर्ने रस्साकस्सीमा लागेका सत्ता गठबन्धन दलको बैठक विना निश्कर्ष टुग्गिएको छ । आजको वैठक सकिएको छ । भोलि विहान पून १० वजे गठबन्धन दलको बैठक बस्ने गरी आजको बैठक सकिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
संसद भोलि दिउँसो १ बजेका लागि बोलाईएको छ ।
एमसीसी सदनमा टेबल गर्ने -नगर्ने सत्ता गठबन्धन दलका वीचमा कुरा नमिल्दा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक बसेको थियो ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवाले भोलिको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी रहेको भन्दै साथ दिन सरकारसम्वद्द दलका नेताहरुलाई आग्रह् गरेका थिए । तर माओवादी केन्द्रले संसदमा लगेर मात्र नहुने त्यहाँभित्र अहिले बहस गर्ने अवस्था छ र ? संसदको अवरोध पहिले खोल्यौं अनि मात्र संसदमा लैजान सकिएला भन्ने धारणा राखेको थियो । आजको बैठकमा सत्ता घटकमै रहेको जनमोर्चालाई भने निम्ताईएको थिएन । जनमोर्चा एमसीसी सिधै खारेजको पक्षमा छ ।
संसद बैठक अगाडी अव फेरि एकपटक सहमतिको प्रयास गर्ने गरी नेताहरु विना निश्कर्ष बैठकबाट उठेका छन् ।
छलफलमा प्रधानमन्त्रीले फागुन १६ भित्रै पारित गर्नुपर्ने डेटलाइन रहेको बताएका थिए । तर माओवादी र एकीकृत समाजवादीले भने आ आफनो पार्टी बैठक रहेको भन्दै त्यसमा छलफल गर्ने भन्ने केही दिन अझै कुर्न पनि आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया