स्थानीय तह निर्वाचन आचारसंहिता तयार

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको आचारसंहिता तयार पारेको छ । आयोगले आज विहिबार आचारसंहितालाइ अन्तिम रुप दिएको हो । आयोगका सवै पदाधिकारीले आचारसंहिता टुग्गो लगाई हस्ताक्षर गरेका छन् । आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन सरकारी पेश्की र बेरुजू फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखेको छ ।
आचार संहिताको बुँदा नम्बर ४६ मा भनिएको छ- उम्मेदवारले आफू निर्वाचित वा मनोनित वा नियुक्त भएको निकायको कुनैपनि प्रकारको पेश्की फर्स्योट गरेको हुनुपर्ने छ ।
त्यस्तै लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने छ ।
त्यस्तै आयोगले टुग्गो लगाएको आचारसंहिता अनुसार, उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान पनि संहितामा राखेको छ । आचार संहिताको बुँदा नम्बर ३६ मा भनिएको छ – कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने छ ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया