नेपालले दोस्रो खेल आज फिलिपिन्ससँग खेल्दै
मेरोन्यूज
२०७८ फागुन ७ गते ९:३१

काठमाडौँ । ओमनमा जारी आइसीसी टी २० ग्लोबल क्वालिफायरमा आज नेपालले दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दै छ । मस्कटस्थित अल अमेरात रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि हुने छ ।
नेपालले पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले पराजीत गरेको थियो । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो । फिलिपिन्सलाई हराए नेपालले सेमिफाइनल यात्रा करिब निश्चित गर्ने छ ।
प्रतियोगितामा सहभागी नेपाल र क्यानाडाले आफू अनुकूल नतिजा निकाले यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्ने छ । ग्लोबल क्वालिफायर ‘ए’मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता भइरहेको छ ।
अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्ने छन् ।
सम्बन्धित
















एनआरएनएमा पैसा, शक्ति र राजनीति हावी हुनुहुँदैन – डा हेमराज शर्मा
ईदले नेपालीबिचको आपसी एकता र विश्वासलाई सुदृढ बनाओस्: नेपाली कांग्रेस
कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै
बैतडीमा ट्रक दुर्घटनाः चालकसहित चारजना घाइते
अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया