विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपालको सानदार जित
फिलिपिन्स १३६ रनले पराजित
मेरोन्यूज
२०७८ फागुन ७ गते १५:०९

काठमाडौं । टी–२० विश्वकप छनोट अन्तरगत दोस्रो खेलमा पनि नेपालले जित हात पारेको छ । नेपालले फिलिपिन्सलाई १ सय ३६ रनको विशाल अन्तरले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा मात्र ३ विकेटको क्षतिमा २ सय १८ रन जोडेको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय १९ रनको लक्ष्य पछ्याउने क्रममा फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ८२ रनमा सीमित बन्यो ।
कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङले विशाल स्कोर खडा गरेको नेपालले फिलिपिन्सलाई सस्तैमा समेट्न सफल भएको हो ।
दीपेन्द्रले ४७ बलमा छ चौका र चार छक्काको मद्दतले ८३ रन बनाए भने कुशलले १३ चौका र १ छक्काको मद्दतमा नटआउट ६१ बलमा १०४ रन बनाए ।
नेपालले पहिलो खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया