छद्म भेषमा बाबुरामको नयाँ पार्टी दर्ता !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले छद्म रुपमा नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
पार्टीभित्र कार्यकारिणी अधिकारका विषयमा विवाद चुलिँदै जाँदा बाबुरामले अमुक पात्रलाई अघि सारेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएको स्रोतको भनाई छ । जसपा अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले अघि बढिरहेको भन्दै पार्टीभित्र असन्तुष्टी बढेको हो ।
निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि निश्चित समय तोकर दल दर्ता आह्वान गरेपछि ‘समावेशी लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गरिएको हो ।
डा. भट्टराई पत्नी हिसिला यमीले सो पार्टी दर्ता गराउने तयारी भए पनि दीपक लामिछानेको नामबाट पार्टी दर्ता गरिएको छ । जसको चुनाव चिन्ह आँखा रहेको छ ।
यसअघि डा. भट्टराईले तत्कालिन माओवादी परित्याग गरी नयाँ शक्ति नामको वैकल्पिक पार्टी दर्ता गर्दा पनि चुनाव चिन्ह पनि आँखा राखेका थिए ।
गत फागुन ३ गते जसपाको फुटको संघारमा रहेकाबेला हिसिया यमीले नयाँ पार्टी दर्ता गराउँदै भन्ने समाचार प्रकाशित भएको थियो ।
निर्वाचन आयोगले तोकेको समयसीमाभित्र पार्टी दर्ता नभएमा कथंकदाचित जसपाबाट अलग हुने अवस्थाका लागि सुरक्षित रहन नयाँ पार्टी दर्ता गरिएको स्रोतले बताएको छ ।
अमेरिकी समयोग परियोजना एमसीसीकाबारेमा पनि जसपाभित्र मतैक्यता रहेको देखिदैन । डा.भट्टराईले एमसीसीको अहिलेकै सम्झौता हुबहु पास गर्नुपर्ने भन्दै सामाजिक सञ्जालदेखि सबैतिर भन्दै आएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले भने यसबारेमा सार्वजनिक रुपमा अभिब्यक्ति दिएका छैनन् । एमसीसीविरुद्ध सडकमा जनमत बढिरहँदा पनि भट्टराईले एमसीसी पास गर्न ढिला गर्न नहुने भन्दै रटान लगाइरहेका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया