मंगलबार, वैशाख २२, २०८३

जसपा फुटको संघारमाः हिसिला यमीले नयाँ पार्टी दर्ता गराउँदै

मेरोन्यूज २०७८ फागुन ३ गते १५:३२

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा राजनीतिक दलहरुबीच तीब्र ध्रुवीकरण भइरहँदा सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ ।

Advertisement
NiccNicc

जसपा अध्यक्ष उपेन्द्र यादव एकलौटी ढंगले अघि बढिरहेको भन्दै पार्टीमा विवाद चर्किएको छ ।

जसपाभित्र विवाद चर्किंदै जाँदा डा.बाबुराम भट्टराई पत्नी हिसिला यमीले नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेकी छन् । यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेको स्रोतको भनाइ छ ।

उनको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादवविरुद्ध संघर्ष चर्काइरहेकाबेला यमीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जुटेकी हुन् ।

त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसवारे कुनै प्रतिक्रिया दिन भने मानिनन् ।

‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन ? म यसबारे केही बोल्दिनँ ।’– यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् ।

नयाँ पार्टी दर्ता गर्न लागेको हो वा होइन भन्ने बारेमा यमीले कुनै प्रतिक्रिया दिन नचाहेको न्युज कारखानाले जनाएको छ । नेतृ यमी जसपा नेपालकी कार्यकारिणी सदस्य रहेकी छन् । डा. भट्टराई भने जसपाको संघीय परिषद् अध्यक्ष छन् ।

प्रतिक्रिया