आजको राशी : मेषलाई स्वास्थ्यमा समस्या, तपाईंको कस्तो ?

आज ८ फागुन, २०७८ आइतबार । तदनुसार फेब्रुवरी २० तारिक २०२२ । फागुन कृष्णपक्ष चर्तुर्थी तिथि, बब करण, हस्त नक्षत्र, शुल योग र चन्द्रमा कन्या राशीमा छ । आज विहान सूर्योदय ६ः३९ मा हुनेछ भने सूर्यास्त १७ः५८ मा हुनेछ ।
मेष
तपाईको स्वास्थ्यमा समस्या हुनसक्छ, ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशीका जातकले आजको दिन सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नु होला ।
वृष
वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यबसायबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशातर्फको यात्रा फलदायी हुनेछ । खुसी हुने खबरले मनमा उत्साह थपिने छ ।
मिथुन
धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग सम्बन्ध सुमधुर हुन सक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।
कर्कट
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिमतर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउन सक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।
सिंह
सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नु होला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नु हुनेछ । तपाईले कसैलाई सहयोग गर्नु भए वापत तपाईलाई मान सम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई सम्मान गर्नेछन् ।
कन्या
छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिनेछ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउन सक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो राम्रो हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । चन्द्रमाको साथ रहेको छ । शुभकार्यको लागि शुभ दिन रहेको छ ।
तुला
मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनु हुन्छ भने आजको दिन तपाईलाई क्षति हुन सक्छ । धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला । सामाजिक सेवा र देवालय दर्शन र खानेकुरा प्रदान गर्नु होला ।
वृश्चिक
विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नु हुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नु हुनेछ ।
धनु
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नु हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन सूर्यनारायणको दर्शन पछि आफ्नाृ यात्रामा बीचमा पर्ने कुनै देवालय र शिवालयको यात्रा गर्नु होला ।
मकर
ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । परिवारका सदस्यलाई केही उपहारका सामान दिनुहोला । तपाईको मानसम्मान बढ्ने छ ।
कुम्भ
तपाईको मनमा आज प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला ।सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।
मीन
विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो ।साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला । शिवालयको आरती दर्शन गर्नुहोला । सिर्जनात्मका काममा लाग्नुहोला ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया