धितोपत्र बोर्डका अध्यक्ष हमालको पदबहाली
मेरोन्यूज
२०७८ फागुन ८ गते १२:५०
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आज पदभार ग्रहण गरेका छन । बोर्डको कार्यालय ललितपुरमा उनले आज पदभार ग्रहण गरेका हुन।
तत्कालीन बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानाले पदीय मर्यादा विपरीत एक सिमेन्ट कम्पनीसँगको शेयर खरिद प्रकरणमा जोडिएको भन्दै सरकारले हटाएको थियो ।करिब छ महिनापछि गत बिहीबार सरकारले कैलालीका हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष हमालले साना लगानीकर्ताको हितमा प्रतिबद्ध भएर लाग्ने दृढता व्यक्त गरेका छन।
उनले नेपालको शेयर बजार र त्यसको नियामकका रुपमा रहेको बोर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, साना लगानीकर्ताको हित तथा कारोबारमा विविधीकरण गर्न आफू लागिपर्ने बताउँदै आएका छन ।
शुक्रबार अध्यक्ष हमालले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल संयोजकत्वको समितिले बोर्ड अध्यक्ष चयन गरेको थियो । नवनियुक्त अध्यक्ष हमालले लगानीकर्ताको मनोविज्ञानलाई पनि सम्बोधन गर्दै आफूले काम गर्ने विश्वास पनी व्यक्त गरे ।
सम्बन्धित
















इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
प्रतिक्रिया