शुक्रबार, मंसिर १२, २०८२

आइसीसी टी २० ग्लोबल क्वालिफायरमा नेपालले तेस्रो खेल खेल्दै

मेरोन्यूज २०७८ फागुन ९ गते ८:१८

काठमाडौँ । ओमानमा जारी आइसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ‘ए’अन्तर्गत आज नेपालले समूह चरणको अन्तिम खेल खेल्ने भएको छ । नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्ने भएको हो ।

खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयमअनुसार ३ः४५ बजे सुरु हुने छ । यसअघिका दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरे समूह विजेता बन्ने छ । योसँगै नेपाल सेमिफाइनल प्रवेश गर्ने छ ।

नेपालले पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले शानदार जित हात पारेको थियो ।

समूह चरणमा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ भने क्यानडा र ओमान समान २ अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया